अम्रेशले स्पष्टीकरण पत्र बुझे

0

काठमाडौं, ११ भदौ । विवादास्पद अभिव्यक्ति दिनुभएका नेपाली काँग्रेसका सभासद् अमरेशकुमार सिंहले आज पार्टी कार्यालय सानेपा पुगी स्पष्टीकरण पत्र बुझ्नुभएको छ । सभासद् सिंहले कैलालीको टीकापुरमा सामाजिक सद्भाव भड्काउने गरी अभिव्यक्ति दिएको भन्दै काँग्रेस केन्द्रीय समितिले बुधबार सिंहसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीका अनुसार सिंहले पत्र बुझेको २४ घन्टाभित्र स्पष्टीकरण दिनुपर्नेछ । सिंहलाई मधेसी मोर्चाका नेता उपेन्द्र यादव र राजेन्द्र महतोसँगै टीकापुरमा भएको थारुहटको कार्यक्रममा स्थानीय समुदायलाई अधिकारका लागि हतियार उठाउन उक्साएको विवादास्पद अभिव्यक्ति दिनुभएको आरोप लागेको थियो ।
त्यसको केही दिनपछि सोमबार थारु समुदायको आन्दोलनमा भड्किएको भीडले वरिष्ठ प्रहरी उपरीक्षकसहित आठ जना प्रहरी र एक नाबालकको हत्या गरेको थियो । यसअघि काँग्रेस संसदीय दलले सिंहसँग प्रदेश नपाए देश माग गर्दै नारा लगाएको अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण लिएको थियो ।

Leave A Reply

Your email address will not be published.