सभासद् सिंहलाई कारबाही गर्न माग

0

काठमाडौं, १ भदौ । सुदूरपश्चिमाञ्चल क्षेत्रका तीन सभासद्सहित नेपाली काँग्रेस र नेकपा(एमाले)का नेता तथा कार्यकर्ताले राष्ट्रिय अखण्डता सार्वभौमसत्ता र क्षेत्रीय एकता र सद्भावविरुद्ध अभिव्यक्ति दिने सभासद्लाई कारबाही गर्न माग गरेका छन् । नेपाली काँग्रेसका सभासद् अमरेशकुमार सिंहले केही दिनअघि थारु सङ्घर्ष समितिले आयोजना गरेको कार्यक्रममा क्षेत्रीय एकता र सद्भावलाई खलल पुग्ने गरी अभिव्यक्ति दिएको जनाउँदै उनीहरुले कारबाहीका लागि संविधानसभाका अध्यक्ष, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति र सम्बन्धित दललाई ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले अन्तरिम संविधानको भावना विपरीत जातीय सद्भाव खल्बल्याउने र हिंसाका लागि उत्प्रेरित गर्ने काममा सभासद् सिंहका अतिरिक्त सभासद् उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसमेत सहभागी भएको आरोप लगाएका छन् ।
उनीहरुले सुदूरपश्चिमाञ्चलको जनजीवन, भूगोल र प्रवेशद्वारको केन्द्रबिन्दुका रुपमा परिचित कैलाली जिल्ला टुक्रयाउन खोज्नेका विरुद्ध एकताबद्ध हुन तथा कैलाली र कञ्चनपुरमा वर्षौदेखि मिलेर बसेका राना थारु समुदायलाई विशेष अधिकार प्रदान गर्न आफूहरु दृढ सङ्कल्पित रहेको विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् । यसरी माग गर्नेमा सभासद् बद्री पाण्डे, गरिमा शाह, कृपाराम राना, प्रा डा प्रेम कुँवर, नेकपा(एमाले)का वैकल्पिक केन्द्रीय सदस्य झपट रावललगायत हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.