देश टुक्र्याउँछु भन्ने अमरेश सिंह को हो ?

0

काठमाडौं, १३ साउन । कांग्रेस सांसद अमरेशकुमार सिंहले ‘स्वायत्त मधेस प्रदेश नदिए तराइमा नयाँ देश जन्मिन्छ’ भनी दिएको अभिव्यक्तिप्रति विभिन्न दलका सांसदहरुले तीव्र आपत्ति जनाएका छन् । संसदको हिजो मंगलबारको बैठकमा एमाले सांसद प्रकाश ज्वाला, कांग्रेस सांसद रामहरि खतिवडा, नेपाल मजदुर किसान पार्टीकी राधा थापागरलगायतले ‘देश टुक्र्याउने धम्की दिने’ सिंहलाई तत्काल कारबाही गर्न माग गरे ।
सांसद ज्वालाले सत्तारुढ दलकै केन्द्रीय सदस्य र सांसदहरुबाट देश टुक्र्याउने अभिव्यक्ति आएको सम्बन्धमा सभामखुको ध्यानाकर्षण गराएका थिए । यसैगरी, कांग्रेस सांसद रामहरि खतिवडाले पनि ‘सार्वभौम देशका सार्वभौम सांसदहरुलाई देश टुक्र्याउने कुरा सह्य हुँदैन’–भने । नेमकिपाकी सांसद थापामगरले ‘देश टुक्र्याउँछु भन्ने अमरेश सिंह को हो ?’ भन्दै तत्काल छानबिन गरी कारबाहीको माग गरिन् ।
यस्तै, सांसद हरिचरण साहले ‘कांग्रेसकै सांसदले देश टुक्रउँछु भन्नु हास्यादपद हो’ भने । एमाओवादी नेता डा. बाबुराम भट्टराइले अस्ती सोमबार आयोजना गरेको मधेसी नेताहरुको भेलामा सहभागी सिंहले ‘अहिले मधेसको अवस्था पाकिस्तानबाट बंगलादेश टुक्रिँदाको जस्तै रहेको’ भन्दै ‘स्वायत्त मधेश नदिए नयाँ देश जन्माउने’ धम्की दिएका थिए ।

Leave A Reply

Your email address will not be published.