पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

0

काठमाण्डौं – पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट भएको छ । भक्तपुरस्थित मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको उनको घरमा बुधबार बिहान बम विस्फोट भएको भक्तपुर प्रहरीले जनाएको छ ।

विस्फोटबाट बाँस्कोटाको घरमा बन्दै गरेको पर्खाल भत्किनुकासाथै झ्यालका सिसाहरु फुटेका छन् । ठूलो आवाजसहित भएको बिस्फोटबाट छिमेकीको घरका झ्यालका सिसामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । त्यस्तै, विस्फोटस्थल नजिकै रहेको मारुती कारमा समेत क्षतिपुगेको जनाइएको छ ।

बाँस्कोटा परिवारसहित बालकोटस्थित प्रधानमन्त्री ओलीको घरमा बस्दै आएकाले कुनै मानविय क्षति हुन पाएन् । बम विस्फोट कसले र किन भन्नेबारे अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.