नेवि सङ्घका अध्यक्ष कर्णमाथि आक्रमण

0

काठमाडौँ, २९ असार । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष तथा संविधानसभाका सदस्य रञ्जित कर्णमाथि आक्रमण भएको छ । आज बिहान हाँडीगाउँस्थित उहाँकै निवासमा दश बाह्रजना हतियार बोकेका जत्थाले सभासद् कर्णमाथि आक्रमण तथा अभद्र व्यवहार गरेका हुन् । कर्ण सामान्य घाइते हुनुभएको छ ।
सो घटनाको बारेमा अध्यक्ष कर्णले आज पत्रकार सम्मेलन गरी आफ्नै सङ्गठनका केही व्यक्तिहरुले सङ्गठनको बदनाम गराउन यस्तो घटना घटाएको आशङ्का गर्दै दोषीहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्नुभयो । नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले सभासद् कर्णमाथि भएको घटना जति निन्दा गरे पनि कम हुने भन्दै अपराधीको खोजी गरी आवश्यक दण्डको व्यवस्था गर्न प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.