तरकारी र फलफुलमा विषादी जाँच स्थगन दूर्भाग्यपूर्णः साझा पार्टी

0

काठमाडौँ –विवेकशील साझा पार्टीले विदेशबाट आयात हुने तरकारी र फलफुलमा बिषादी जाँच स्थगन हुनुलाई दूर्भाग्यपूर्ण भनेको छ । पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै भारतबाट आयात हुने तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको समाचार दूर्भाग्यपूर्ण रहेको बताएको हो ।

‘नेपाली बजारका तरकारी, फलफुल लगायतका खाद्यजन्य वस्तुमा जनस्वास्थमा गम्भीर असर पर्ने विषादी र रसायन रहेको भन्ने बारेमा आम जनताको सरोकार रहँदै आएको छ। खाद्यजन्य वस्तुहरुको बिषादी जाँच लगायत क्वारेन्टाईन परीक्षण अन्तराष्ट्रिय व्यापारको आधारभूत शर्त हो। अझ विषादी परीक्षण जस्तो आम जनस्वास्थमा प्रत्यक्ष प्रभाव पर्ने विषयमा सरकार बढि गंभीर र संवेदनशील हुनु अनिवार्य छ। कुनै पनि बहानामा विषादी चेकजाँच बिना खाद्यजन्य वस्तु आयात गर्नु अन्तराष्ट्रिय व्यापारको आधारभुत मान्यताको बर्खिलाप हो । त्यो नागरीकको स्वास्थमाथिको गम्भीर खेलबाड हो’, विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले कुनै पनि देशबाट आयात गरिने खाद्यजन्य वस्तुको बिषादी लगायत क्वारेन्टाइन परिक्षणका लागि आवस्यक पूर्वाधार प्राथमिकताका साथ यथाशिघ्र तयार गर्न सरकारलाई आग्रह गरहेको छ ।

‘तर परिक्षण सुविधा नभएको बाहानामा जनस्वास्थमा प्रत्यक्ष असर पर्ने खाद्यजन्य वस्तु बिना चेकजाँच आयात गर्न दिनु पूर्णतः गैरजिम्मेवारी कार्य हो। सम्बन्धित विज्ञहरुको रायसुझावका आधारमा जनस्वास्थमा जोखिम हुने तरकारी, फलफुल लगायतका खाद्यजन्य वस्तुको बिना चेकजाँचको आयातमा तुरुन्त प्रतिबन्ध लगाउन साझा पार्टी सरकारलाई आग्रह गर्दछ’ प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.