सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्न अग्रसर भएको देउवाको आरोप

0

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्न अग्रसर भएको आरोप लगएका छन ।

सिन्धुपाल्चोकको सुनकोशी गाउपालिकाले शनिबार राजधानी काठमाडौंमा गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दे सभापति देउवाले वर्तमान सरकारले कर्मचारी प्रशासनमा अनावश्यक हस्तक्षेप गर्नुको साथै प्रेस स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको बताएका हुन् ।

उनले जुनसुकै क्षेत्रमा अत्याधिक कर बढाएर जनतालाई सास्ती दिने काम सरकारले गरिरहेको टिप्पणी गरे ।

उनले राष्ट्र र प्रजातन्त्रका लागि सबै भन्दा ठुलो अभिव्यक्ति स्वतन्त्रता नै नियन्त्रण गरेर सरकारले लोकतन्त्रलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाए ।

सभापति देउवाले जनतालाई कुनै पनि प्रकारको कर नथप्ने सुनकोशी गाउपालिकाको निर्णयको स्वागत गरे ।

कार्यक्रममा भारतीय सांगितिक कार्यक्रम सारेगमप का तेश्रो विजेता नेपाली बालक आयुष केसी लगायत विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.