मालिका फिल्मका निर्माता नरबाहादुर कार्की पक्राउ

0

काठमाण्डौं – रेखा थापाको निर्माण तथा अभिनय रहेको चलचित्र मालिका का कथाकार तथा कार्यकारी निर्माता नरबहादुर कार्की पक्राउ परेका छन् ।

नेत्रविक्रम चन्द (विप्लव) समुहमा लागेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले यस चलचित्रमा जीवन प्रशिक्षकको भूमिकामा समेत अभिनय गरेका थिए ।

नरबहादुर कार्की सोमबार बालुवाटारको एउटा रेष्टुरेण्टमा संचार माध्यमलाई अन्तरवार्ता दिँदै गर्दा प्रकाउ परेका हुन् ।

पछिल्लो समय उनि विप्लव नेतृवको नेकपामा प्रवेश गरेका थिए । पक्राउ पछि उनलाई महानगर प्रहरी परिसर टेकुमा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.