सातै प्रदेशको दोस्रो बजेट आज सार्वजनिक हुँदै

0

‘कृषि पर्यटक उद्यम सडक’ विस्तारमा सबैको प्राथमिकता

काठमाडौं – सातवटै प्रदेश सरकारले आफ्नो दोस्रो बजेट आज ल्याउने भएका छन । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै राजस्व र व्ययको अनुमान बजेट ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेकाले आज नै बजेट ल्याउन लागेका हुन ।

प्रदेश अर्थमन्त्रीहरूले प्रदेशसभामा आफ्नो बजेट पेस गर्नेछन । यसपटक सबै सरकारले बजेटको आकार बढाउने तयारी गरेका छन । कृषि, पर्यटक, उद्यम, सडक विस्तारमा सबै सरकारको प्राथमिकता रहेको छ । सांसदहरुलाई सबै प्रदेशले करिब २ करोड बजेट दिने तयारी गरेका छन । प्रदेश १ ले समानुपाति सांसदलाई पनि बजेट दिने तयारी गरेको छ ।

प्रदेश १ ले ३६ अर्बको बजेट ल्याउने तयारी गरेको छ । अघिल्लो बर्ष ३५ अर्ब ९३ करोडको बजेट सार्वजनिक गरिएको थियो । प्रदेश २ मा करिब ३२ देखि ३४ अर्ब रुपैयाँसम्मको बजेट ल्याउने तयारी गरेको छ । ठूला आयोजनासहित शिक्षा, स्वास्थ्यमा बजेटमा जोड दिइनेछ । पहिलो बजेट २९ अर्ब रुपैयाँको ल्याएको थियो । प्रदेश ३ ले ३५ अर्ब ६१ करोड रुपैयाँ बजेट तयारी गरेको छ ।

जलविद्युत, कृषि, उद्यम, कृपषमा बजेटले जोड दिनेछ । गण्डकी प्रदेशल ३० अर्ब रुपैयाँको हाराहारीमा ल्याउने गृहकार्यमा छ । पहिलो बजेट भन्दा करिब ६ अर्बले बढी हुनेछ । ३५ अर्ब हाराहारीको बजेट ल्याउने जनाएको छ । पहिलो बजेट २८ अर्बको थियो ।

कर्णाली प्रदेशले १ करोड भन्दा तलका आयोजनामा बजेट नदिने भएको छ । अर्थमन्त्री प्रकाश ज्वालले कबिर ३४ अर्बको बजेट ल्याउने जानकारी दिनुभयो । कृषि, उद्यम, रोजगारमा बजेटले जोड दिनेछ । दीर्घकालीन सोचका आधारमा आवधिक योजना र मध्यमकालीन खर्च संरचनासँग तालमेल हुने गरी वार्षिक बजेट र विकास कार्यक्रम तर्जुमा गर्ने गरी बजेट आउने मन्त्री ज्वालाको भनाई छ ।

सुदूरपश्चिमले अरु प्रदेशभन्दा सानो बजेट ल्याउँदैछ । २९ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी छ । प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पर्यटक, कृषि र सडकमा बजेटलाई प्राथमिकता दिइएको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.