नियुक्तिमा सरकारले एकलौटी ग-यो : सभापति देउवा

0

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत नियुक्ति र न्यायाधीश सिफारिसमा सरकारले एकलौटी गरेको आरोप लगाउनुभएको छ । तेज–तीर्थ ट्रष्टले आज क्षेत्रपाटीमा आयोजना गरेको राष्ट्रिय लोकतन्त्र शान्ति पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले प्रमुख प्रतिपक्षी दललाई नसोधी राजदूत नियुक्ति र न्यायाधिश नियुक्ति गरेको भन्दै आपत्ति जनाउनुभएको हो ।
उहाँले संविधान कार्यान्वयनमा नेपाली काँग्रेसले सरकारले भन्दा धेरै काम गरेको दाबी गर्नु भयो । सभापति देउवाले संविधान काँग्रेसको पहलमा निर्माण भएको भन्दै सबैको भावनालाई समेटेर काँग्रेसले संविधान संशोधन गर्ने उल्लेख गर्नु भयो ।
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनको नेतृत्व पनि काँग्रेसले नै गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीति स्थायित्वका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्छ ।”
नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले हिमाल, पहाड, तराईका जनताका भावनालाई समेटेर संविधान कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । ट्रष्टका अध्यक्ष तीर्थमान डङ्गोल, नेपाली काँग्रेसका नेता लोकेश ढकाल, मानव अधिकारवादी नुतन थपलिया, एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष सूर्यबहादुर अधिकारीलगायतले संविधान चाँडो कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटोमा अगाडि लैजानुपर्नेमा जोड दिनुभएको थियो ।
एम्नेष्टी इन्टरनेसनललाई रु एकलाख नगद पुरस्कार
ट्रष्टले स्थापना गरेको एकलाख नगद राशिको पुरस्कार एम्नेष्टी इन्टरनेसनल नेपाल शाखालाई प्रदान गरिएको छ । कार्यक्रममा सभापति देउवाले एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष अधिकारीलाई सो रकम प्रदान गर्नुभयो ।
सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यका साथ गतवर्ष स्थापना भएको सो ट्रष्टले शान्ति र लोकतन्त्र, नेपाल भाषा साहित्यको विकास र नेपाली पत्रकारितामा विशेष योगदान पु¥याएको संस्था तथा व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

Leave A Reply

Your email address will not be published.