काँग्रेस नेता कोइराला र कँडेललाई अभिनन्दन

0

नवलपरासी । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री डा शशाङ्क कोइरालालाई नवलपरासीमा आज अभिनन्दन गरिएको छ । नेपाली काँगेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ नवलपरासीले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा कोइरालालाई अभिनन्दन गरिएको हो ।
नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद काँग्रेसको महामन्त्री जस्तो गरिमामय पदमा निर्वाचित हुन सफल भएको भन्दै क्षेत्रीय कार्यसमितिले डा कोइरालालाई अभिनन्दन गरेको थियो ।
यसैगरी सो क्रममा काँग्रेसको केन्द्रीय सदस्य निर्वाचित देवेन्द्रराज कँडेललाई समेत अभिनन्दन गरिएको थियो । पूर्व गृहराज्य मन्त्रीसमेत रहनुभएका कँडेल नवलपरासीको महेशपुर निवासी हुन् ।
अभिनन्दन कार्यक्रममा बोल्दै महामन्त्री डा कोइरालाले देशमा हाल देखिएको समस्या समाधान गर्नु पार्टीको मुख्य जिम्मेवारी भएको बताउनुभयो । पार्टीका केन्द्रीय सदस्य कँडेलले काँग्रेस अब सीमाङ्कन र मधेस आन्दोलनका समस्या समाधान गरेरमात्र सरकारमा जाने विचार राख्नुभयो ।
क्षेत्रीय सभापति द्रोणवन सन्यासीको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टी सभापति विष्णु लामिछाने, नेताहरु कृष्णचन्द्र नेपाली, महेन्द्रध्वज जिसी, सरस्वती तिमिल्सिना, भानु सिग्देल, सत्यनारायण खनाल, तिलक सापकोटालगायतले बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.