राप्रपा नेपालको विस्तारित बैठक सुरु

0

वीरगन्ज, १८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक आजदेखि यहा“ सुरु भएको छ । दुई दिनसम्म चल्ने सो बैठकमा अहिलेको राजनीतिक अवस्था, पार्टीको आगामी कार्यनीति तथा कार्ययोजना, पार्टीको सङ्गठनात्मक अवस्था र वर्तमान सरकारको छ महिनाको अवधिको समीक्षालगायत समसमायिक विषयमा छलफल गरी आवश्यक रणनीति तर्जुमा गरिने सो पार्टीका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीले राससलाई बताउनुभयो ।
उहा“ले बैठकमा मधेस आन्दोलन र त्यसप्रति पार्टीले लिएको नीति, उपप्रधानमन्त्रीको हैसियतमा पार्टी अध्यक्ष कमल थापाको छिमेकी मुलुक भारत र चीन भ्रमण र त्यसको उपलब्धिको समीक्षा गरिने छ । साथै पार्टी अध्यक्ष कमल थापाद्वारा पेस गर्ने पार्टीको आगामी कार्यनीतिसहितको राजनीतिक प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुनेछ । बैठकमा केन्द्रीय समितिका १६५ जनासहित पार्टीका अगुवा कार्यकर्ता गरी करिब २५० जनाको सहभागिता रहेकोे पनि वरिष्ठ उपाध्यक्ष पराजुलीले जानकारी गराउनुभयो ।

Leave A Reply

Your email address will not be published.