काँग्रेस संसदीय दलको नेताको निर्वाचन चैत २४ गते

0

काठमाडौंं । नेपाली काँग्रेस संसदीय दलको नेताको निर्वाचन यही चैत २४ गते हुने भएको छ । पार्टी संसदीय दलको नेताको निर्वाचनका लागि केन्द्रीय समितिले गठन गरेको निर्वाचन समितिको आज दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । नेताको मनोनयन दर्ता गर्ने समय २३ गते तोकिएको छ । समय भोलि बस्ने बैठकले तय गर्ने समिति सदस्य सुरेन्द्र पाण्डेले राससलाई जानकारी दिनुभयो ।
संसदीय दल कार्यसमितिको निर्वाचन भने चैत २६ गते हुनेछ । यसको लागि मनोनयन दर्ता गर्ने मिति २५ गतेलाई तोकिए पनि समय भने सोमबारकै बैठकले निर्धारण गर्ने समितिले जनाएको छ ।
निर्वाचन कार्यक्रम संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ । संसदीय दलको निर्वाचन सम्पन्न गर्न काँग्रेस केन्द्रीय समितिको बैठकले सांसद एवम् काँग्रेस नेता रमेश रिजालको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय पाण्डे र गुरुराज घिमिरे सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।
बैठकले काँग्रेस संसदीय दलको विधान असोज ३ गते संविधानसभाबाट जारी भएको संविधानबमोजिम संशोधनका लागि केन्द्रीय समितिमा लेखी पठाउने निर्णय पनि गरेको छ ।

Leave A Reply

Your email address will not be published.