नेपाल–चीनबीच पारवहन तथा यातायात सम्झौता

0

बेइजिङ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछयाङबीच आज भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच ग्रेट हल अफ दी पिपुलमा उच्चस्तरीय वार्ता भई पारवहन तथा यातायातलगायत महत्वपूर्ण सम्झौता भएका छन् ।
नेपाल र चीनबीचस्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुविधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्यास तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्नेलगायतका सम्झौता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । दुई प्रधानमन्त्रीबीच नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको विकासमा चीनले पु-याउने सहयोगका विविध पक्षमा विचारविमर्श भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.