विश्वयुद्धका बेपत्ता गोर्खा सैनिक यर्थाथता जानकारी माग

0

पोखरा । गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले बेलायतका तर्फबाट पहिलो र दोस्रो विश्वयुद्धमा लडाइँका क्रममा बेपत्ता भएका गोर्खा सैनिकको यथार्थता जानकारीको माग गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा गेसोका अध्यक्ष पदमबहादुर गुरुङले ब्रिटिस गोर्खा सैनिकमा भर्ना भई बेपत्ता भएका धेरै व्यक्तिको अवस्थाबारे परिवारजनलाई हालसम्म जानकारी हुन नसकेका कारण त्यसको यथार्थताको जानकारी दिन परराष्ट्र मन्त्रालयमा माग गरिएको बताउनुभयो ।
गोर्खा सैनिकमा भर्ना भई हालसम्म बेपत्ताको मरे वा बाँचेको थाहा नभएको, मरेको भए के कुन ठाउँमा र कहिले मरेको हो त्यसको जानकारी सूचनाको हकसम्बन्धी ऐनमार्फत सुसूचित हुन पाउँ भनी परराष्ट्र मन्त्रालयमा माग गरिएको उहाँले बताउनुभयो । पत्रकार हुम गुरुङले गोर्खा सैनिकले प्रथम र दोस्रो विश्वयुद्धमा कठिन सङ्घर्ष गरे पनि तिनका विधवा परिवार तथा टुहुरा छोराछोरीले पाउनुपर्ने हक तथा अधिकारबाट अझै बञ्चित भएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.