यो निर्वाचन औपचारिकता मात्रै : देउवा

0

काठमाडौ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापतिका लागि आफ्नो जित सुनिश्चित भएको र यो निर्वाचन औपचारिकता मात्रै बताउनुभएको छ । सभापतिका लागि दोस्रो चरणको निवार्चनमा मतदान गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले आजको निर्वाचन औपचारिकता मात्र भएको दाबी गर्नुभएको हो ।
उहाँले निर्वाचित भएपछि पनि पराजय हुने नेताहरु सबैलाई मिलाएर लाने र पार्टीलाई एक ढिक्का बनाउने दृढता व्यक्त गर्नुभयो । आइतबारको पहिलो मतदानमा सभापति पदमा तीनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन अहिले भइरहेको छ ।
निर्वाचन समितिले मतदानका लागि अपराह्न २ बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरेको छ । पहिलो निर्वाचनमा सभापतिका प्रत्याशी शेरबहादुर देउवाले एक हजार ५६४ र रामचन्द्र पौडेलले एक हजार १६० मत प्राप्त गर्नुभएको थियो । अर्का प्रत्याशी कृष्णप्रसाद सिटौलाले ३२४ मत प्राप्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.