एकचालीस जिल्ला सभापतिको समर्थन पौडेललाई

0

काठमाडौ । नेपाली काँग्रेसका विभिन्न ४१ जिल्ला सभापतिले नेपाली काँग्रेसको दोस्रो चरणको निर्वाचनका क्रममा सभापतिका उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आग्रह गर्नुभएको छ । विभिन्न ४१ जिल्ला सभापतिले आज एक विज्ञप्ति प्रकाशित गरी दोस्रो चरणको निर्वाचनमा पौडेललाई सहयोग गर्न अनुरोध गरेका हुन् ।
सभापतिहरुको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा अनवरत सङ्घर्ष गरेको, लोकतन्त्रको मूल्यमा कहिल्यै कसैसँग पनि कुनै प्रकारको सम्झौता नगरेको निष्ठाको राजनीति र समाजवादका एक अथक योद्धा रामचन्द्र पौडेललाई यस निर्वाचनमा जिताउन पार्टी, लोकतन्त्र, राष्ट्र एवम् सिँगै राजनीतिक अग्रगमनका लागि जरुरी भएको छ ।’
यसरी विज्ञप्ति जारी गर्नेहरुमा सञ्जय गौतम बर्दिया, हिमालय कर्माचार्य इलाम, किरण कोइराला बाँके, भेषबहादुर पौडेल लम्जुङ, जितनारायण श्रेष्ठ चितवन, नरेशकुमार श्रेष्ठ खोटाङ, खड्गबहादुर शाही मुगु, लीला बोखिम ताप्लेजुङ, गणेश चन्द सल्यान, प्रेमप्रकाश वली रुकुम, उज्वलप्रसाद बराल सिन्धुली, अमरप्रसाद भण्डारी प्यूठान, बैकुण्ठ न्यौपाने तनहुँ, दीपबहादुर शाही जुम्ला, राजीव कोइराला सुनसरी, रमेश धमला धादिङलगायत ४१ सभापति रहनुभएको छ ।

Leave A Reply

Your email address will not be published.