सभापतिमा उम्मेदवारी दिन्छु : सुजाता

0

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको १३औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने भनाइ दोहोर्‍याएकी छन् । शनिबार रिपोर्टर्स् क्लबमा उनले आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेको भन्दै अब पछि नहट्ने बताइन् ।
कतिपयले आफ्नो क्षमताप्रति अविश्वास गर्ने गरेपनि आफू कांग्रेसलाई अघि बढाउन सक्षम रहेको उनको भनाइ थियो । अब पार्टीमा युवाहरुले महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुपर्ने भन्दै उनले आफूलाई सबैपक्षको सहयोग प्राप्त हुने विश्वास लिएको पनि बताइन् ।

Leave A Reply

Your email address will not be published.