प्रधानमन्त्रीको भारत भ्रमणमा एजेन्डा के ?

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको क्रममा उठाउनु पर्ने आर्थिक एजेन्डाका विषयमा व्यवसायीहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री ओलीले व्यवसायीहरुलाई आज बालुवाटारमा बोलाएर भ्रमणका क्रममा उठाउने एजेन्डाका विषयमा परामर्श गरेका हुन । उनले अर्थ, वाणिज्य र उद्योग मन्त्रालयसँग सहकार्य गरेर योजना बनाउनसमेत निजी क्षेत्रका व्यवसायीहरु र उद्योगीहरुलाई आग्रह गरे ।
त्यस क्रममा प्रधानमन्त्री ओलीले नेपालमा भारतीय लगानी बृद्धि गर्ने विषयमा व्यवसायीहरुको सुझाव लिएका थिए । भारतसँगको व्यापारिक सम्बन्ध थप विस्तार गर्न आफूले चाहेको भन्दै प्रधानमन्त्री ओलीले व्यवसायीहरुसँग सुझाव मागेका हुन । व्यवसायीहरुले भने रेलवे सेवा विस्तार, उर्जा संकट समाधान र दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप मजबुद बनाउन सुझाव दिएका थिए ।
व्यवसायीहरुले भूकम्प र नाकाबन्दीका कारण औद्योगिक तथा व्यवसायिक क्षेत्र धरासायी भएको भन्दै यस क्षेत्रमा देखिएको समस्या दीर्घकालीन रुपमा समाधान गर्न आग्रह गरेका थिए । उनीहरुले भारतसँगको व्यापारिक सम्बन्ध थप मजबुद बनाउन प्रधानमन्त्रीलाई सुझाव दिए । प्रधानमन्त्रीले बोलाएको व्यवसायीहरुसँगको छलफलमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेललगायत पनि सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.