नरहरीलाई ब्रेन ह्यामरेज, स्वास्थ्यस्थिति खतरामुक्त

0

काठमाडौं । अकस्मात विरामी भएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता नरहरि आचार्यको स्वास्थ्यस्थिति खतरामुक्त रहेको अस्पतालले जनाएको छ । पार्टी सभापति सुशील कोइरालाको निधन भएको थाहा पाएपछि झिसमिसमै कोइराला निवास महाराजगन्ज पुगेका कांग्रेस नेता नरहरी आर्चायलाई ब्रेन ह्यामरेज भएको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका आचार्यको मष्तिष्कमा रगत जमेको चिकित्सकहरुले जानकारी दिएको नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले बताए। मस्तिष्कमा रगत जमेकाले उनको शरीरको दायाँ भाग शिथिल भएको छ। ‘दायाँ भागमा प्यारालाइसिस जस्तो देखिएको छ,’प्रधानले भने,’चिकित्सकहरुले केही समय लाग्न सक्छ, तर ठिक हुन्छ भनेका छन् ।’ कोइरालाको पार्थिव शरीरमा श्रद्धान्जली दिन नेता आचार्य झिसमिसै कोइराला निवास महाराजगन्ज पुगेका थिए। कांग्रेस नेताहरुसँग छलफलपछि निवास प्राङ्गणमा उपस्थित संचारकर्मीसँग आचार्यले झन्डै १५ मिनेट कुरा गरेका थिए।

Leave A Reply

Your email address will not be published.