अख्तियारविरुद्ध वाईसीएल, सम्पत्ति सार्वजनिक गर्न माग

0

काठमाडौं । एकीकृत माओवादीको युवा संगठन वाईसिएलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचारीहरुलाई उन्मुक्ति दिएको आरोप लगाएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी वाइसिएलले भ्रष्टहरुको संरक्षणमा आयोगका उच्चपदस्थ अधिकारीहरु नै लागेको आरोप लगाएको हो ।
वाइसिएलले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलगायत अन्य पदाधिकारीहरुको सम्पत्ति तत्काल सार्वजनिक गर्न पनि माग गरेको छ ।
पत्रकार सम्मेलनमा वाइसिएलका अध्यक्ष आरसी शर्माले बजारमा कृत्रिम अभाव सृजना र कालोबजारी गर्नेहरुलाई सरकारले संरक्षण गरेको भन्दै यस्ता घटनामा संलग्न रहेकाहरुविरुद्ध वाइसिएलले भण्डाफोर अभियान सञ्चालन गर्ने बताए ।

Leave A Reply

Your email address will not be published.