संविधान संशोधन मान्य छैन : अध्यक्ष यादव

0

विराटनगर, १२ माघ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकतर्फीरुपमा गरिएको संविधान संशोधन मान्य नहुने बताउनुभएको छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेसी मोर्चाका माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पार्नुभयो ।
अध्यक्ष यादवले आन्दोलनलाई अझ सशक्त बनाउन सङ्घीयता पक्षधरसँग मिलेर बृहत् मोर्चा बनाउने पनि बताउनुभयो । उहाँले सरकार वार्तालाई सफल बनाउनका लागि गम्भीर नभएको उल्लेख गर्दै सरकारले कालोबजारीलाई प्रोत्साहन गरिरहेको आरोप लगाउनुभयो ।

Leave A Reply

Your email address will not be published.