सभापति कोइराला र अध्यक्ष महतोबीच भेटवार्ता

0

काठमाडौं । नेपाली काँग्रेसका सभापति सुशील कोइराला र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच भेटवार्ता भएको छ । सभापति कोइराला निवास महाराजगञ्जमा आज भएको सो भेटमा दुबै नेताबीच मधेसका मागलाई सम्बोधन गर्ने सम्बन्धमा छलफल भएको सभापति कोइरालाका सहयोगी अतुल कोइरालाले जानकारी दिनुभयो ।
भेटवार्तामा अध्यक्ष महतोले मधेसको मागका सम्बन्धमा प्रदेश सीमाङ्कनको विवाद मिलाउन सबैभन्दा ठूलो पार्टीको अध्यक्षको हैतिसयमा प्रमुख भूमिका निर्वाह गर्न सभापति कोइरालालाई आग्रह गर्नुभएको थियो । सभापति कोइारालाले अध्यक्ष महतोको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको सहयोगी कोइरालाले बताउनुभयो ।
भारतको राजधानी नयाँदिल्लीमा उपचारपछि आइतबार स्वदेश फर्कनुभएका अध्यक्ष महतोले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.