नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक

0

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज (आइतबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकमा आसन्न १३ औं महाधिवेशनका एजेन्डामाथि छलफल हुने बताइएको छ । यसअघि शुक्रवारका लागि बैठक बोलाइएपछि नेताहरु व्यस्त भएको भन्दै आजलाई सारिएको थियो । बैठकमा महाधिवेशनका लागि गठित विभिन्न समितिले बुझाएका प्रतिवेदनमाथि छलफल हुनेछ ।
तर सबैभन्दा बढी क्रियाशील सदस्य विवाद समितिले पेश गरेको प्रतिवेदनमाथि नै छलफल हुने देखिएको छ । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा क्रियाशील सदस्यता, विधान संशोधनलगायतका विषयमा नेताहरुबीच विवाद बढेको छ । खासगरी आगामी महाधिवेशनमा नेतृत्व हत्याउने कसरतमा रहेका संस्थापन र देउवा पक्षबीच विवाद चर्केको हो । महाधिवेशन आउन ५५ दिन मात्र बाँकी हुँदासम्म पनि पार्टीमा क्रियाशील सदस्यताको विवाद नटुंगिएको छैन ।
नेतृत्व कब्जा गर्न विभिन्न जिल्लामा आफूनुकूल क्रियाशील सदस्यता वितरण गरिँदा कांग्रेसमा महाधिवेशनको मुखमा सधै नै यसैगरी विवाद हुने गरेको छ ।

Leave A Reply

Your email address will not be published.