तराई समस्याको समाधान चाँडै:अध्यक्ष दाहाल

0

तुल्सिपुर । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसमा जारी समस्या समाधानका लागि संविधान संशोधनको प्रक्रिया अगाडि बढिसकेकाले केहिदिनभित्र नाकामा हुँदै आएको अवरोध हट्ने बताउनुभएको छ । तुल्सिपुर उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले तराई समस्यासँगै नाकाबन्दीसमेत तत्काल खुल्ने दाबी गर्नुभयो ।
उहाँले दाङ्को टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माणका लागि आफूले पहल गर्नेसमेत बताउनुभयो । सो अवसरमा तुल्सिपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले अध्यक्ष दाहाललाई हवाइसेवा नियमित गराउन, इन्धन डिपो तत्काल स्थापना र धावनमार्ग विस्तार गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाउनुभयो ।

Leave A Reply

Your email address will not be published.