दलको उपनेतामा नेम्वाङ

0

चारदिशा,  सम्बाददाता

नेकपा एमालेले पूर्व सभामुख सुबाश नेम्वाङलाई सम्सदीय दलको उपनेता र भानुभक्त ढकाललाई प्रमुख सचेतक नियुक्त गरेको छ ।

एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेम्वाङ र ढकाललाई नयाँ जिम्मेवारी दिएको हो ।

एमालेले अहिलेसम्म संसदीय दलको उपनेता चयन गरेको थिएन भने पूर्व प्रमुख सचेतक अग्नी खरेल कानुनमन्त्री नियुक्त भएपछि गोकुल घर्तिले कार्यबाहक प्रमुख सचेतकको भूमिका निभाउँदै आएका थिए ।

मंगलवार बसेको एमाले संसदीय दलको बैठकले स्थायी समिति सदस्यको जिम्मेवारी दिएको केही दिनपछि नै नेम्वाङलाई दलको उपनेताको जिम्मेवारी दिएको हो   ।
संसदीय दलको उपनेता कसलाई बनाउने भन्नेवारे यसअघिका वैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपाल पक्षवीच विवाद हुँदा दलको उपनेता चयन गर्न सकेको थिएन।
Leave A Reply

Your email address will not be published.