तराई पुनः अशान्त, गौरमा एकको मृत्यु

0

रौतहट । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता तथा प्रहरीबीच आज अपराह्न गौरमा भएको झडपमा परी एक जनाको मृत्यु भएको छ । गौर नगरपालिकास्थित बिपी चोकमा मोर्चाका कार्यकर्ता तथा प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपका क्रममा प्रहरीको गोली लागी स्थानीय तेजापाकड गाविस–१ बस्ने १७ वर्षीय शेष तवरेजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
निजको दाहिने कोखमा गोली लागेको बताइएको छ । तवरेजको गौर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । विरोध प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्तालाई हटाउने उद्देश्यल आठ सेल अश्रुग्यास प्रहार गरिएपछि पनि स्थिति सामान्य नहुँदा बाध्य भएर आत्मरक्षाका लागि गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशराज रेग्मीले बताउनुभयो ।
गौरमा अनिश्चितकालीन निषेधाज्ञा
यसैबीच जिल्ला प्रशासन कार्यालय रौतहटले आज सदरमुकाम गौरमा निषेधाज्ञा आदेश जारी गरेको छ । गौरमा आज मोर्चाका कार्यकर्ता तथा प्रहरीवीच भएको झडपमा एक जनाको मृत्यु भएको र अवस्था सामान्य नभएकाले शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी प्रशासन कार्यालयले गौर नगरपालिका क्षेत्रमा अपराह्न ४ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको हो ।
प्रशासन कार्यालयले गौर नगरपालिका अन्तर्गत उत्तरमा नयाँ बसपार्कको वडहरवा पुल, दक्षिणमा गौर भन्सार गेट, पूर्वमा हनुमानस्थानको वडहरवा पुल र पश्चिममा टिकुलिया गाउँदेखि पूर्वसम्मको क्षेत्रमा निषेधाज्ञा आदेश जारी भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल जानकारी दिनुभयो ।
प्रदर्शनकारी र प्रहरीबीच आज वीरगन्जमा पटकपटक भइरहेको झडपका कारण यहा“को जनजीवन त्रसित बनेको छ । वीरगन्ज उपमहानगरपालिकाको घन्टाघर चोकमा प्रदर्शनकारी र प्रहरीबीच आज दिउ“सो १२ बजेदेखि पटकपटक झडप भइरह“दा वीरगन्ज तनावग्रस्त भएको हो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरिरहेका छन् । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता आज बिहानैदेखि वीरगन्जको घन्टाघर, बसपार्क, मुर्लीचोक, पावरहाउ चोक, राधेमाई चोक, रानीघाटलगायत बाटोमा टायर बालेर प्रदर्शनमा उत्रिएका थिए । विभिन्न नारा लगाउ“दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले वीरगन्ज बजार बन्द गराएका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै प्रदर्शनकारीले वीरगन्जको घन्टाघरमा ना१ह ९३३ र ना१ह ६६८ नम्बरको ट्याम्पो तथा ना८प १८९०, बा१६च ४४८६ र ना१प ७७२८ नम्बरको मोटरसाइकलमा तोडफोड समेत गरेका छन् । बन्दका समयमा कुनै अप्रिय घटना हुन नदिन अहिले वीरगन्जमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी केशव घिमिरेले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.