संसदले आज पुननिर्माण विधेयक पास गर्ने

0

व्यवस्थापिका–संसद्को बैठक आज पनि बस्दै छ । अपराह्न ४ बजे बस्ने बैठकबाट पुनर्निर्माण प्राधिकरण विधेयक पास गर्ने तयारी सरकारले गरेको छ । मधेसी मोर्चाले संसद् बैठक अवरुद्ध गर्दै आएको भए पनि नाराबाजीकै बीच विधेयक पारित गर्ने तयारी गरिएको छ । सरकारले हिजोको संसद् बैठकमा संविधान संशोधन विधेयक र पुनर्निर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक पेश गरिसकेको छ ।
पुनर्निर्माण प्राधिकरण गठनसम्बन्धी विधेयकमा छलफल भइसकेकाले सो विधेयक आजै पारित गरिने बताइएको छ । तर संविधान संशोधन विधेयक भने नियमित प्रक्रियाबाट मात्र पास हुने छ । संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव राख्न ७२ घण्टाको समय दिइने छ । त्यसपछि मात्र संशोधन पास हुने छ । संविधान जारी गर्दाका प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी संविधान संशोधन विधेयकको पक्षमा छनु । तर मधेसी मोर्चाले संशोधन विधेयक अपर्याप्त भन्दै विरोध गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.