जनतामा जाने योजना ल्याउन पार्टी नेतृत्वलाई सुझाव

0

काठमाडौँ, २५ मङ्सिर । एकीकृत नेकपा (माओवादी)को जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक तथा साङ्गठिन प्रस्तावको सर्मथनमा पूरक प्रस्ताव दर्ता भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा केन्द्रीय सदस्य पुष्पविक्रम मल्ल र नेता विकेश श्रेष्ठले पूरक प्रस्ताव दर्ता गराउनुभएको हो । पार्टीको साङ्गठनिक आधार भत्किएको, जनताबाट कटेको, जनतामा जानेभन्दा आफ्नै तालमा हिँड्ने गरेको भन्दै उहाँहरुले पूरक प्रस्ताव दर्ता गराउनुभएको बुझिएको छ ।
उहाँहरुले तत्काल सङ्गठन सुदृढीकरण योजना ल्याउन, जनतामा फर्क, जनतामा जाउँ भन्ने नाराका साथ कार्ययोजना ल्याउन, संविधानसभाबाट जारी भएको संविधानको स्वामित्व लिदै अपुग भएका विषयमा संशोधनमार्फत पूर्णता दिनसमेत आग्रह गर्नुभएको छ । आजको बैठकमा १२ जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको जानकारी दिँदै प्रवक्ता दिनानाथ शर्माले उहाँहरुले पूरक प्रस्ताव दर्ता गरेको नभई लिखित रुपमा आफ्ना धारणा राख्नुभएको जानकारी दिनुभयो ।
बैठकमा धारणा राख्ने नेताहरुले राष्ट्रिय सार्वभौमसत्ता, अखण्डता सङ्कटमा परेको बेला प्रष्ट कार्ययोजना ल्याउन, आत्मनिर्भर अर्थतन्त्रको विकासमा ध्यान दिन र विभिन्न पार्टीका रुपमा रहेका माओवादी घटकसँगको एकता प्रक्रिया अगाडि बढाउन जोड दिनुभएको थियो । बैठक शनिबार पुनः ११ बजे बस्ने कार्यक्रम रहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.