औषधि चाहिए मन्त्रालयमा फोन गर्नुहोस्

0

काठमाडौं, ६ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि अभावको स्थितिलाई दृष्टिगत गरी बिरामी, सर्वसाधारण र सरोकारवाला स्वास्थ्य संस्थाका लागि हेल्प डेक्स सञ्चालनमा ल्याएको छ । आजदेखि सो डेक्सले १६६००१३३४४४ टोल फ्रि नम्बर सञ्चालनमा ल्याई औषधिको अभाव भएमा उपलब्ध हुने स्थान र उपलब्ध समेत गराउने जनस्वास्थ्य प्रशासक प्रमुख डा गुणराज लोहनीले जानकारी दिनुभयो ।
औषधिको मौज्दात र यसको वितरण प्रणालीमा सहजता ल्याउन मन्त्रालयले डा लोहनीको संयोजकत्वमा चार सदस्यीय समिति पनि गठन गरेको छ । समितिले आमजनताका जनगुनासो सुनेर त्यसलाई मन्त्रालयस्तरमा सम्बोधन गर्ने छ । स्वास्थ्य प्रदायक सस्थामा कुनै औषधिको अभाव भएमा टोल फ्री नम्बरमा फोन गर्न उहाँले आग्रह समेत गर्नुभयो ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले औषधिको अभाव हुन नदिने जानकारी दिनुभयो । ठूला सरकारी अस्पतालले स्वास्थ्य मन्त्रालयमा अभाव भएको औषधिको लिखित सूची बुझाइसकेका छन् । औषधि अभावको समस्यालाई सहयोग गर्न गैरआवासीय सङ्घले आयातको पहल सुरु गरेका छन् ।
शुक्रबारदेखि सङ्घले हवाईमार्गबाट भारतका मुम्बई, दिल्लीबाट औषधि आयात सुरु गरेको सङ्घका बागमती अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.