नेता नेपालको घर तोडफोड

0

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको रौतहटको गौर नगरपालिका–३ स्थित घरमा आज मधेसी मोर्चासम्बद्ध कार्यकर्ताले गरेको आक्रमण र तोडफोडप्रति एमालेले ध्यानाकर्षण गराएको छ । एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीपकुमार ज्ञवालीले आज जारी गर्नुभएको विज्ञप्तिमा ‘यस प्रकारको व्यवहार र रवैया अविलम्ब नियन्त्रण गर्न सम्बन्धित पक्षलाई समयमै सचेत गराउन चाहन्छ’ भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘‘जुनसुकै आन्दोलनले पनि आफ्नो संयम र विवेक गुमाउनु हँुदैन । राजनीतिक नेतृत्व तहका वरिष्ठ नेताहरूको घरमा आक्रमण वा तोडफोड गरेर कुनै समस्याको समाधान हुन सक्दैन । यसले परिस्थितिलाई झन् खराब र नाजुक बनाउने निश्चित छ ।’ मधेसकेन्द्रित दललाई यस्ता क्रियाकलापलाई तुरुन्त नियन्त्रण गरेर वार्ता, संवाद र समझदारीको माध्यमबाट निकास खोज्न पनि एमालेले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.