हिजबुल्लाहलाई समर्थन गर्ने बैंक र अन्य संस्थानलाई लक्षित गर्दै इजरायली आक्रमण

0

इजरायलले लेबनानको राजधानी बेरुतका कैयौं ठाउँमा बमबारी गरेको छ । इजरायलले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र अन्य संस्थानहरूलाई निशाना बनाएको बीबीसीले जनाएको छ ।

यो आक्रमणअघि इजरायलले बेरुतको २४ ठाउँमा आक्रमण गर्ने योजना बनाएको चेतावनी दिएको थियो । इजरायली सुरक्षा बल (आईडीएफ) ले हिजबुल्लाहलाई समर्थन गर्ने बैंकलाई निशाना बनाउने बताएको थियो । आईडीएफका प्रवक्ताले आउँदा दिनमा इरानले हिजबुल्लाहलाई कसरी आर्थिक सहयोग गर्छ भन्ने कुरा सबै सामु ल्याउने पनि बताएका थिए ।

यसैबीच इजरायलले बेरुतको दक्षिणी क्षेत्रमा रहेको दाहेह शहरमा आठ वटा हवाई आक्रमण गरेको खबरमा उल्लेख छ । यो ठाउँ हिजबुल्लाहको नियन्त्रणमा छ । हिजबुल्लाहले पनि इजरायलको सैन्य क्षेत्रलाई निशाना बनाउँदै रकेट आक्रमण गरेको बताएको छ ।

Leave A Reply

Your email address will not be published.