राष्ट्रसङ्घीय शान्ति सेनाले लेबनान नछोड्ने

0

लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना (यूनीफील) ले दक्षिणी लेबनान नछोड्ने जनाएको छ । इजरायलले दक्षिणी लेवनानबाट स्थानान्तरण हुन अनुरोध गरे पनि शान्ति सेनाले लेवनान नछोड्ने जानकारी गराएको समाचारसंस्था एएफपीले जनाएको छ ।

गएको सेप्टेम्बर–३० मा इजरायली सेना (आईडीएफ) ले लेबनानमा आक्रमण गर्ने आफ्नो योजनाबारे बताउँदै केही ठाउँबाट स्थानान्तरण गर्न अनुरोध गरेको लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घीय सुरक्षा बलले जनाएको छ ।

सुरक्षा बलले इजरायली अनुरोधको बीच शान्ति सेनाहरु सबै ठाउँमा उपलब्ध रहने उल्लेख गर्दै निरन्तर रुपमा शान्ति सुरक्षाको पहलसहित संयुक्त राष्ट्रको झण्डा फहराइरहने बताएको छ ।

इजरायलले सेप्टेम्बर–२३ देखि लेबनानी लडाकू समूह हिजबुल्लाह विरुद्धको आक्रमणलाई तीव्र बनाएको छ । जसमा एक हजार १ सय १० भन्दा बढी मानिसहरु मारिएका छन् भने लाखौँ विस्थापीत भएका छन् ।

यसैबीच हिज्बुल्लाहको उच्चस्तरीय स्रोतले समूहका सम्भावित नेताका रुपमा चिनिने हाशेम सफिदीनसँगको सम्पर्क यसै हप्ता इजरायली आक्रमणपछि टुटेको बताएको छ ।

बेरूतको दक्षिणी उपनगरमा शुक्रवार बिहानै भएको आक्रमणपछि सैयद सफिददिनसँग सम्पर्क टुटेको हिज्बुल्लाहाका अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.