हिमताल फुटेर थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरूको माग

0

काठमाडौं \  हिमताल फुटेर सोलुखुम्बुको थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरुले माग गरेका छन् । आइतबार राष्ट्रिय सभामा आकस्मिक, शून्य समय र विशेष समयमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले जलवायु परिवर्तनका कारण हिमताल फुटेको र थामेमा बाढी आएको मौसमविद्हरूले बताएको उल्लेख गर्दै यसप्रति सरकारलाई सतर्क हुन आग्रह गरिन् ।

‘जलवायु परिवर्तनको कारण थामे घटना हो भन्ने आएको छ । यस्तो घटना फेरि पनि दोहोरिन सक्छन् । यो विषयमा हामी गम्भीर हुन जरुरी छ’, उनले भनिन् ।

साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामेमा हिमताल फुटेर बाढी आएको थियो । नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाका अनुसार लेदोसहितको बाढीले १३ वटा घर पूर्ण रुपमा क्षति भएको छ ।

Leave A Reply

Your email address will not be published.