मधेसी मोर्चाको बैठक जनकपुरमा

0

काठमाडौं, १५ कार्तिक । आन्दोलनको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आइतबार पनि जनकपुरमा जारी छ । शनिबार साँझबाट जनकपुरको शिवचोकस्थित होटल सिटी स्टारमा सुरु भएको बैठकमा सरकारसँग भएको वार्ता र जारी आन्दोलनबारे राति अबेरसम्म छलफल गरेको नेताहरुले बताएका छन् । आइतबार बिहान साढे आठ बजेदेखि पुनः सुरु भएको बैठकले आगामी रणनीति तय गर्ने बताइएको छ । सरकार र मोर्चाबीच आइतबार काठमाडौंमा हुने वार्तापछि मोर्चाको बैठकले निर्णय सार्वजनिक गर्ने नेताहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.