भारतको केरलामा पहिरोमा परी १९ जनाको गयो ज्यान

0

भारतको केरला राज्यमा पहिरोमा परी १९ जनाको ज्यान गएको छ । अरू एक सयभन्दा बढी बेपत्ता भएका छन् । पहिरोमा परेका १६ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । वायनाड जिल्लाको मेपड्डीमा गएराति पटक–पटक पहिरो गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पहिरोपछि वायु सेनाका दुई हेलिकोप्टरसहित उद्धार र राहत टोली परिचालन भएको छ । उद्धारमा दुई सयभन्दा धेरै सुरक्षाकर्मी परिचालित छन् । मेपड्डीका पहाडी क्षेत्रमा केही दिनदेखि परिरहेको ठूलो वर्षाका कारण पहिरो गएको हो ।-एजेन्सी

Leave A Reply

Your email address will not be published.