राष्ट्रपतिका लागि आज निर्वाचन

0

काठमाडौं, ११ कात्तिक । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । व्यवस्थापिका–संसद भवनको लोत्से हलमा सांसदहरुले राष्ट्रपतिका लागि मतदान गरिरहेका छन् ।
राष्ट्रपति पदमा सत्तारुढ गठबन्धनबाट एमाले उपाध्यक्ष विद्या भण्डारी उम्मेदवार बनेकी छन् भने संसदको ठूलो दल नेपाली कांग्रेसले पूर्व महामन्त्री केबी गुरुङलाई उम्मेदवार बनाएको छ । बिहान ११ बजे सुरु भएको मतदान दिउँसो १ बजेसम्म जारी रहने संसद सचिवालयले जनाएको छ । निर्वाचनमा मधेसी मोर्चासहित ८ दलका ४२ सांसदले भाग नलिने भएका छन् । आजै साँझ पाँच बजे बस्ने संसद् बैठकमा निर्वाचन परिणाम घोषणा गरिने छ ।

Leave A Reply

Your email address will not be published.