उत्तर कोरियाबाट रुसी राष्ट्रपति पुटिन भियतनाममा

0

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भियतनाम पुग्नुभएको छ । २४ वर्षपछि उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सकेर पुटिन आज भियतनाम पुग्नुभएको हो ।

पुटिनलाई हनोईको अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हाले स्वागत गर्नुभएको छ । भियतनामका कम्युनिस्ट नेताहरूसँग वार्ता गर्न आज पुटिन त्यहाँ पुग्नुभएको बीबीसीले जनाएको छ ।

पुटिनले गएको मे महिनामा आफ्नो पाँचौँ कार्यकालका लागि शपथ लिएपछि चीन र उत्तर कोरियापछि दक्षिणपूर्वी एसियाली राष्ट्र भियतनामको भ्रमण गर्नुभएको हो । पुटिन सन् २०१७ पछि पहिलो पटक भियतनाम जानुभएको हो ।

Leave A Reply

Your email address will not be published.