राष्ट्रपति पौडेल र बिम्स्टेकका महासचिव पाण्डेबिच भेटवार्ता

0

काठमाडौँ \  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणी पाण्डेले भेटवार्ता गर्नुभएको छ ।

मङ्गलबार राष्ट्रपति भवनमा राष्ट्रपति पौडेल र बिम्स्टेकका महासचिव पाण्डेबिच भेटवार्ता भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिनुभयो ।

भेटमा राष्ट्रपति पौडेलले समृद्धि, दिगो विकास र क्षेत्रीय स्थायित्वको साझा आकाङ्क्षाको रूपमा बिम्स्टेक रहेको बताउनुभयो । साथै उहाँले यस क्षेत्रमा हिलामी भेगदेखि समुद्री तटसम्मका मुलुकहरू रहेको हुँदा अन्य सहकार्यका विषयहरूसँगै जलवायु परिवर्तनको असर कम गर्न हिमाल लगायत पर्यावरण संरक्षणलाई समेत प्राथमिकतामा राखी कार्य गर्न आवश्यक रहेको कुरा व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.