कैलालीमा आज साँझदेखि भारतीय सीमा नाका बन्द

0

धनगढी \ भारतमा भइरहेकाे लाेकसभा निर्वाचन अवधिभर कैलालीका सीमा नाका बन्द हुने भएका छन् ।

भारतकाे उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा हुने निर्वाचनका लागि शुक्रबार साँझ ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जाेशीले जानकारी दिए ।

जाेशीले सीमा नाका मतदान कार्य नसकिएसम्म बन्द रहने बताए । नेपाल र भारतमा चुनाव हुँदा ७२ घण्टा अघिदेखि नै सीमा नाका बन्द गर्ने गरिएको छ ।

Leave A Reply

Your email address will not be published.