राष्ट्रपति रामचन्द्र पौडेलले अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार उहाँले शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्नुभएको हो । यसअघि मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभामा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
त्यस्तै राष्ट्रपति पौडेलले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त गर्नुभएको छ । संसदीय सुनुवाई समितिले रायाको नाम सर्वसम्मतीले पारित गरेपछि सरकारले रायालाई महालेखापरीक्षकमा नियुक्त गर्न राष्ट्रपति पौडेललाई सिफारिस गरेको थियो ।