पाकिस्तानका प्रधानमन्त्री र साउदी अरबका युवराजबीच भेटवार्ता

0

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ र साउदी अरबका युवराज मोहम्मद बिन सलमानबीच भेटवार्ता भएको छ । भेटका क्रममा विद्रोही समूह हमास र इजरायलबीचको तनावको अन्त्य गरी शान्तिको अपिलसँगै भारतका बारेमा पनि कुराकानी भएको बीबीसीले जनाएको छ । दुवै नेताले भारत र पाकिस्तानबीच सकारात्मक वार्ताको आवश्यकता रहेको बताएका खबरमा उल्लेख छ ।

बैठकमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि भारत र पाकिस्तानबीच लामो समयदेखि चल्दै आएको जम्मु–कश्मीर विवादको समाधान आवश्यक रहेको र यसका लागि वार्ता नै एकमात्र उपाय भएको विषयमा छलफल भएको छ । पाकिस्तानले लामो समयदेखि आर्थिक समस्याको सामना गर्दै आएको छ र यसका लागि साउदी अरबको सहयोग खोजिरहेको खबरमा उल्लेख छ ।

यसका लागि पाकिस्तानले धेरै क्षेत्रमा साझेदारी र लगानी खोजिरहेको छ । साउदी अरबले पाकिस्तानमा ५ करोड अमेरिकी डलर लगानी गर्ने सहमति गरेको छ ।-एजेन्सी

Leave A Reply

Your email address will not be published.