‘संविधानको प्रगतिशील कार्यान्वयनलाई जोड गरौँ’

0

“नेपाल यस्तो परिस्थितिमा छ, यहाँका समाजवादी एवम् देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अगाडि बढाउन सकिन्छ । यस्तो सम्भावना भएको देश नेपाल नै हो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “त्यसकारण यही विषयलाई आत्मसात् गरेर मैले केही जोखिम र चुनौती मोलेरै भएपनि देशभक्त वामपन्थीहरूलाई एकतामा ल्याउने जमर्को गरेकै हो ।”

समाजवादको जन्म कहाँबाट हुन्छ ? भन्ने तर्क आउने गरेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अन्ततः समाजवाद जन्मने भनेको सडकबाटै हो, किनकि जनता सडकमा हुन्छन् । पहिलो प्राथमिकता सडकले नै पाउनुपर्छ । समाजवाद जन्माउने जनताले हो ।”

पार्टीहरू जनतासँग जोडिए मात्रै शक्तिशाली हुने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले समाजवादको तयारीका लागि सरकार, सदन र सडकलाई अधिकतम उपयोग गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले हरेक राजनीतिक दलले जनतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो ।

यसपटक सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा अगाडि बढ्ने जमर्को गरेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धनबाट जनताको आकाङ्क्षाअनुसार काम हुन नसकेकाले समाजवादको आधार तयार गर्न नयाँ समीकरण बनाएको स्पष्ट पार्नुभयो ।

नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने उद्देश्यका साथ समाजवादको आधार तयार गर्न आफूले पछिल्लो कदम चालेको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनतालाई डेलिभरी दिनेगरी काम गरेर यसको औचित्य पुष्टि गर्नुपर्ने बाउनुभयो ।

Leave A Reply

Your email address will not be published.