त्रिशुलीमा बस खस्यो : चार जनाको ज्यान गयो, ३० जना भन्दा धेरै घाइते

0

धादिङको घाटबेँसीमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । ३० जना भन्दा धेरै यात्रु घाइते भएका छन् । कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीमा दुर्घटना भएको हो ।

बिहान भएको दुर्घटनामा एक महिलासहित चार जनाको ज्यान गएको छ । उनीहरुको परिचय खुल्न बाँकी नै छ । बस झण्डै एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा ३० जनाभन्दा धेरै यात्रु घाइते भएका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयले स्थानीयले उद्धार गरिरहेका छन् । सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा खटिएको छ ।

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका-९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले पक्राउ गरेको छ ।

Leave A Reply

Your email address will not be published.