एसीसी प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक

0

काठमाडौँ \  नेपालले एसीसी पुरुष प्रिमियर कप क्रिकेटको पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले आइतबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल मलेसियासँग अप्रिल १२ तारिख खेल्नेछ । अप्रिल १२ देखि २१ तारिखसम्म ओमानमा आयोजना हुने प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, मलेसिया, हङकङ कतार र साउदी अरेबिया रहेको छ । समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ ।

नेपालले समूहको आफ्नो दोस्रो खेल अप्रिल १३ तारिख कतारसँग, तेस्रो खेल अप्रिल १५ तारिख हङ्कङ र चौथो तथा अन्तिम अप्रिल १७ तारिखमा साउदी अरेबियासँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलमा पराजित  हुने टोलीले तेस्रो स्थानमा लागि खेल्नेछन् । फाइनल विजेता टोलीले सन् २०२५ मा आयोजना हुने एसिया कप खेल्नेछ ।

Leave A Reply

Your email address will not be published.