बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

0

सर्लाही \  सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

अनुयायी बेपत्ता, हत्या र यौन हिंसाका अभियोगमा पक्राउ परेका बम्जनविरुद्ध उजुरी रहेको सर्लाही जिल्ला अदालतमा पेस गरिएकोमा बिहीबार भएको सुनुवाईपछि उनलाई थुनामा पठाउन आदेश गरिएको हो ।

जिल्ला अदालतका न्यायाधीश विष्णु रेग्मीको ईजलासमा भएको थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभएको हो । बम्जनलाई नेपाल प्रहरीको केन्दीय अनुसन्धान ब्यूरोले मंगलबार पक्राउ गरेको थियो ।

Leave A Reply

Your email address will not be published.