राष्ट्रिय भलिबलको उपाधि नेपाल पुलिसले जित्यो

0

सुर्खेत \ वीरेन्द्रनगरको खुल्ला मञ्चमा भएको ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसले पाएको छ ।

बिहीबार भएको खेलमा एपीएफलाई हराउँदै पुलिसले उपाधि जितेको हो । फाइनल खेलमा एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले उपाधि हात पारेको छ ।

दोस्रो एपीएफ र तेस्रो स्थान गण्डकी प्रदेशले ओगट्न सफल भएका छन् । पुस २० गतेदेखि जारी खेलकुद बिहीबार सम्पन्न भएको छ ।

Leave A Reply

Your email address will not be published.