हेटौँडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

0

हेटौँडा \  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौँडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि हेटौँडा ५ स्थित प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशमा मकवानपुरका जिल्ला न्यायाधीश एवम् निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले सोमबार निर्वाचन अधिकृतको शुभारम्भ गर्नुभयो ।

निर्वाचन अधिकृतको कार्यालयको उद्घाटनपछि जिल्ला न्यायाधीश एवम् निर्वाचन अधिकृत कार्कीले कार्यालय स्थापनासँगै निर्वाचनका कार्यक्रमहरु आयोगको निर्णयअनुसार सञ्चालन हुने जानकारी दिनुभयो ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ११ गते मतदान कार्यक्रम तय गरेको छ । साथै राष्ट्रियसभा सदस्यका लागि यही पुस २३ गते उम्मेदवार मनोनयन गर्ने गरी निर्वाचन कार्यक्रम तय भएको छ । राष्ट्रिय सभामा रिक्त २० जना सदस्यमध्ये १९ जनाका लागि निर्वाचन हुनेछ ।

यसअघि निर्वाचन आयोग, नेपालले मकवानपुर जिल्ला अदालतका न्यायाधीश कार्कीलाई सोमबारबाटै लागू हुने गरी यहाँ हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत पदमा नियुक्त गरेको थियो ।

Leave A Reply

Your email address will not be published.