बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

0

काठमाडौँ \  ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ।  प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो । मृतक पुरुष हुन् ।

किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले घाइते भएर ल्याइएका एक पुरुष घाइतेको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । मृतकको पहिचान खुल्न बाँकी रहेको उनले बताए ।

ईपीएस अनुत्तीर्ण परीक्षार्थीले २०२४ मा हुनुपर्ने परीक्षा अहिले २०२३ मै लिनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका ललितपुर प्रहरीले जनाएको छ । प्रदर्शनका कारण अहिले सातदोबाटोदेखि बालकुमारीसम्मको सडक अस्तव्यस्त रहेको छ ।

Leave A Reply

Your email address will not be published.