प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम र बाग्मती विजयी

0

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई हराएकाे छ ।

आज बुधवार भएकाे खेलमा सुदूरपश्चिमले मधेसलाई ५ विकेटले हरायाे । मधेसले दिएकाे ८३ रनकाे लक्ष्य सुदूरपश्चिमले अन्तिम बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायाे । सुदूरपश्चिमका लागि कविता जाेशीले २६ र सम्झना खड्काले २१ रन बनाइन् । बलिङतर्फ मधेसकी साक्षी यादव र कविता गाैतमले समान २ विकेट लिइन् ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे मधेसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रन बनायाे । मधेसका लागि पूजा महताेले सर्वाधिक २७ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउदले ४ विकेट लिइन् ।

याे जितसँगै सुदूरपश्चिम ५ खेलमा ८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । मधेस ५ खेलमा २ अङ्कसहित तालिकाकाे साताैँ स्थानमा छ ।

आजै कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा बाग्मती प्रदेशले लुम्बिनी प्रदेशलाई ९ रनले हरायाे । बाग्मतीले दिएकाे १ सय १० रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय रनमात्र बनाउन सक्याे । लुम्बिनीका लागि कप्तान सरस्वती जीएमले सर्वाधिक २९ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी कप्तान अस्मिना कर्माचार्य र खुशी डङ्गाेलले समान २ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे बाग्मतीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन बनायाे । बाग्मतीका लागि हेलिशा गुरुङले ४६ रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी शर्मिला राेक्काले २ विकेट लिइन् ।

याे जितसँगै बाग्मती ५ खेलमा ६ अङ्कसहित तालिकाकाे चाैथाे स्थानमा छ । लुम्बिनी ५ खेलमा ४ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ ।

Leave A Reply

Your email address will not be published.